MENU

अर्थ

ujyaalo forign call inside

​सोमबार रियाल, रिंगिट, दिनार लगायतका विदेशी मुद्रा स्थिर

काठमाडौं, वैशाख ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६५ पैसा र विक्रिदर २८ रुपैयाँ ८१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा र विक्रिदर २९ रुपैयाँ ६७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २५ पैसा र विक्रिदर २९ रुपैयाँ ४१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र विक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ३० पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ८४ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया