MENU

राजनीति

ujyaalo forign call inside

प्रदेश सांसद हरिशरण लामिछानेको निधन

काठमाडौं, वैशाख ३१ – प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।

लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको  निधन भएको हो । अाइतबार मष्तिस्कघात भएपछि उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो ।

उहाँको साेमबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।  २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, छाेरा र छोरी छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया