MENU

राजनीति

ujyaalo forign call inside

‘जनकपुरलाई भारतमा गाभ्नुपर्छ’ भन्ने भारतीय सांसदको सरकारद्वारा कडा निन्दा (परराष्ट्रमन्त्री ज्ञवालीको सम्बोधन हेर्नुहोस् भिडियोमा)

काठमाडौं, वैशाख ३१ – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य रहेको भन्दै आपत्ति जनाउनु भएको हो । सोमबार प्रतिनिधिसभामा सांसदहरुले भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेकोमा आपत्ति जनाएपछि परराष्ट्रमन्त्री ज्ञवालीले त्यस सम्बन्धमा भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउने जानकारीसमेत दिनु भयो । उहाँले नेपाल–भारत सम्बन्ध बिगार्ने गरी सांसद आजादले गलत मनसाय राखेको आरोप पनि लगाउनुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरीत भएको स्वीकार गर्दै आउँदो दिनमा त्यस्तो गल्ती हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले संघीय सरकारले परराष्ट्र सम्बन्धलाई हेर्ने काम गर्छ भन्ने हेक्का राख्न पनि मुख्यमन्त्री राउतलाई सचेत गराउनुभयो । 

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिनु भएको थियो । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले त्यस धारणाप्रति आपत्ति जनाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्ञवालीले आईन्दा त्यसो हुन नदिन सरकार सचेत रहेको बताउनुभयो । उहाँले सरकारले विगतमा भएका सहमति आउँदो असोज ३ गते संविधान दिवसको दिन भित्र कार्यान्वयन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय छलफल गरेर गर्व गर्न लायक काम गरेको दावीसमेत गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार राष्ट्रहितसँग सम्बन्धित विषयलाई कार्यान्वयनमा लैजान भारत सरकारसँग आवश्यक पहल गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया