MENU

राजनीति

ujyaalo forign call inside

​ओली सरकारमा निरङ्कुशता हावी हुँदैछ : सहमहामन्त्री महत

सुर्खेत, वैशाख ३१ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अहिले सरकारमा निरङकु्शता हावी हुँदै गएको बताउनु भएको छ ।

सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले ओली सरकारले सबै अधिकारहरु केन्द्रीकरण गर्न खोजेको आरोप लगाउनुभयो । संवैधानिक निकायहरुलाई कार्यकारी छाँयामा ल्याउन खोजेको र पार्टीकरणतिर उन्मुख गर्न खोजेको उहाँको भनाई छ ।

‘ओली सरकारको नेतृत्वमा निरङ्कुशता हावी हुँदै गएको छ । चुनावअघि यो गछौं, त्यो गछौं भनेर ठूला कुरा गर्ने तर अहिले सरकारमा आइसकेपछि केही गर्न सकेको छैन्,’ उहाँले भन्नुभयो, ‘चुनावअघि वाम गठबन्धनले नागरिकको माझमा भनेका मुद्धाहरुको सरकारमा आएपछि कति प्रगति भयो भनेर अझै पनि प्रष्ट उत्तर आइपुगेको छैन् ।’ 

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सरकारले केही गर्न नसकेको बताउनुभयो । पहिले राष्ट्रवादका कुरा गर्ने तर अहिले मोदीको भ्रमणका बारेमा देशका समस्याका बारेमा केही बोल्न नसकेको उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्री मोदी नेपाल आउँदा यहाँका पर्यटकीय स्थलहरुको विकास गर्न केही मदत पुग्यो होला,’ उहाँले भन्नुभयो, ‘पहिलो सरकारमा नजाँदा समस्या छन् भन्नुहुन्थ्यो तर समस्या टुङ्ग्याउन केही बोल्नु भएन् ।’ उहाँले नेपाली कांग्रेस सत्तामा भए पनि नभए पनि नागरिकको समृद्धिका लागि लागिरहने बताउनुभयो ।

‘नेपाली कांग्रेस सत्तामा हुँदा पनि विभिन्न विकास निर्माणका कामहरुमा लागेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले हामी सत्तामा नहुँदा पनि नागरिकको लागि काम गरिरहन्छौं ।’
उहाँले प्राविधिक कारणले पार्टीले चुनावमा हार व्यर्होनु परे पनि फेरि नागरिककै सर्मथनमा सत्तामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अब नेपाली कांग्रेस भित्र रहेका गुटहरुको अन्त्य गरी एक भएर नागरिकको माझमा जाने बताउनुभयो । सरकारलाई आफूहरुले कामहरुको आधारमा सर्मथन र खबरदारी गर्ने उहाँको भनाई थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया