MENU

राजनीति

ujyaalo forign call inside

​मोदीको स्वागतले राजतन्त्रको झल्काे दिएकाे भन्दै सरकारप्रति सांसदहरुको आक्रोश

काठमाडौं, वैशाख ३१ – प्रतिनिधिसभाका सांसदहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका हुन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारलाई समर्थन दिएको दल नेतृत्वको प्रदेश २ को सरकारले छिमेकी देशसँग संविधानविरुद्ध बोलेको भन्दै त्यस सम्बन्धमा स्पष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मोदी भ्रमणमा भारतले नाकाबन्दी लगाएको भन्न पाउने नागरिकको अधिकार हनन् गरिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

नेता रिजालले मोदीको नेपाल भ्रमणमा तय गरिएका कार्यक्रम राजतन्त्रलाई झल्को दिने खालको भएको आरोप पनि लगाउनुभयो । नेकपा माओवादी केन्द्रकी प्रवक्ता एवम् सांसद पम्फा भुसालले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ३ सय भन्दा बढी भारतीय सुरक्षाकर्मी परिचालन गरिएकोमा असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका बनाउने मामलामा हाम्रो परराष्ट्र मन्त्रालय कमजोर देखिएको भन्दै सरकारको आलोचना गर्नुभयो । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय सांसदले खुलेआम ‘जनकपुर आफ्नो देशको हुनुपर्छ’ भनेर मुलुकको सार्वभौमिकतामाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै त्यस विषयमा सरकारको धारणा माग गर्नुभयो । उहाँले सरकार भारतसँग मागेर विकास गर्ने योजनामा लागेको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद सुवालले भारतको पछि नलागी मुलुकलाई आत्मनिर्भर बनाउने बाटोमा अघि बढ्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया