MENU

राजनीति

ujyaalo forign call inside

मुख्यमन्त्री राउतको अभिव्यक्ति देशभक्तिपूर्ण छ, विरोध गर्नुको तुक छैन : यादव

काठमाडौं, वैशाख ३१ – संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज भएको दावी गर्नु भएको छ । 

अध्यक्ष यादवले मुख्यमन्त्री राउतले मोदीको नागरिक अभिनन्दनका बेला दिएको अभिव्यक्ति देशभक्तिपूर्ण भएको भन्दै त्यसमा विरोध गरिरहन नपर्ने दावी गर्नु भएको हो । सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई देश, विदेशका बौद्धिक जगतले समेत यथार्थको चित्रण भनि टिप्पणी गरेको दावीसमेत गर्नुभयो । 

प्रदेश २ को सरकारको नेतृत्व यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले गरेको छ । अध्यक्ष यादवले  मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीलाई नभई मुलुकको यथार्थ चित्रण गर्न त्यो अभिव्यक्ति दिएको तर्क समेत गर्नुभयो । मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष गर्नु परेको’अभिव्यक्ति मोदीलाई नागरिक अभिनन्दन गर्ने क्रममा दिएपछि त्यसको सर्वत्र आलोचना हुँदै आएको छ ।

अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन नसकेर प्रधानमन्त्री केपी ओलीले मुलुककै अपमान गरेको गम्भिर आरोप पनि लगाउनुभयो । उहाँले नेपाली सेनासहितका सुरक्षा निकायको मनोबल गिराउने गरी सरकारले मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज परिचालन गरेको भन्दै आपत्ति समेत जनाउनुभयो । केन्द्र सरकारले मोदीलाई सुरक्षा दिन नसकेको सन्देश दिएको अध्यक्ष यादवको बुझाई छ ।

अध्यक्ष यादवले मोदीलाई स्वागत गर्न केन्द्र सरकारले मन्त्री पठाउनु पनि सकारात्मक नभएको टिप्पणी गर्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया