MENU

खेल

ujyaalo forign call inside

​पूर्व नेपाली फुटबलर मणि शाह अस्पताल भर्ना

काठमाडौं, वैशाख ३१ – पूर्व नेपाली फुटबलर मणि शाह अस्पताल भर्ना भएका छन् । 

पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । ५१ वर्षीय शाहलाई ज्वरो आएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले आन्तरिक रक्तश्राव भएको हुँदा अवस्था निकै जटिल रहेको जानकारी दिनुभयो । शाहलाई भेट्न एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारी पनि अस्पताल पुगेका थिए । उनको उपचार खर्च एन्फाले व्यहोर्ने निर्णय गरेको छ ।

मणि शाह नेपाली फुटबलको उत्कृष्ट अट्याकिङ मिडफिल्डर हुन् । सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका शाहले १९९३ मा ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा भारतविरुद्ध गरेको गोल निकै चर्चित छ ।

नेपालले एक मात्र स्वर्णपदक फुटबलबाट जित्दा मणिले नियमित समयमा र पेनाल्टीमा समेत गोल गरेका थिए । उनले सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका थिए । फुटबलबाट एसियाली खेलकुदमा झण्डा बोक्ने उनी एक्ला खेलाडी हुन् ।

उनले मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया