MENU

बातावरण-कृषि

वैशाखे झरी पर्दा मौसमविदले शौचालय जाने फुर्सद पनि पाएनन् !

काठमाडौं, वैशाख ३१ – रातिदेखिको वर्षाका कारण खहरे खोलाहरुमा बाढी आएको छ । ठाउँमा ठाउँमा पहिरो गएको छ । 

जबजब मौसम फेरबदल हुन्छ, मौसमविद्को व्यस्तता पनि बढ्छ । मौसमविद्हरु मौसममा आएको परिवर्तनसँगै काममा चौबीसै घण्टा जस्तो खटिन्छन् । ‘पानी कति पर्यो’, ‘किन पर्यो’, ‘कारण के’, ‘कहिलेसम्म पर्र्छ’, ‘घाम कहिले लाग्छ वा पानी कहिले पर्छ’, भन्ने प्रश्नहरुका जवाफ मौसमविद्हरुले दिइरहनुपर्छ । 

‘फोनमा हरेक पलजसो जानकारी गराइरहँदा भोक प्यासको समेत ख्याल हुँदैन’ मौसमविद् मिनकुमार अर्याल भन्नुहुन्छ, ‘ ट्वाइलेट जान समेत समयमा पाइँदैन ।’ 
सञ्चारमाध्यको फोनमा जानकारी दिन भ्याइनभ्याई हुने मौसमविद्लाई हिजोआज किसान र सर्वसाधारणले पनि उतिकै व्यस्त पारिदिन्छन् । बाली भित्र्याउने र लगाउने तथा वर्षाको असर कहिलेसम्म भन्ने कुरामा किसानको चासो रहने गरेको छ । यस्तै अहिले ठाउँठाउँमा बाटो विस्तार भइरहेकाले आयोजना र ठेकेदारको फोन पनि उतिकै आउँछ, मौसमविद्लाई । 

यति मात्रै होइन मौसमी हालचाल बुझ्न हवाई यात्रा गर्ने यात्रु र विमान कम्पनीले पनि उतिकै फोन बजाउँछन् । 

रातको समयमा मौसमविद् हवाई सेवाको लागि मौसम अनुकूल र प्रतिकूल के छ भन्नेबारे जानकारी गराउन धेरै व्यस्त हुन्छन् । यो व्यस्तता झरी परेका बेला झन् बढ्छ । 

‘नाइट ड्यूटी हुँदा चटारो धेरै हुन्छ । एकछिन बस्ने नि फुर्सदै हुँदैन । २४ घण्टा जस्तै हामी व्यस्त हुन्छाैँ । घण्टाघण्टामा इमेजसहित मौसमी प्रणालीबारे जानकारी गराइरहनु पर्दछ’ मौसमविद् मिनकुमार अर्यालले भन्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया