MENU

राजनीति

ujyaalo forign call inside

मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत छैन : कर्ण

काठमाडौं, वैशाख ३१ – राष्ट्रिय जनता पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन गर्ने क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत नभएको दावी गरेको छ । 

पार्टीका नेता लक्ष्मणलाल कर्णले संविधानमा मधेशबारे विभेद रहेको कुरा सबैले स्विकार गरेको अवस्थामा मुख्यमन्त्री राउतको अभिव्यक्तिमा के गल्ती भयो भन्दै प्रश्न गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन गरेर अघि बढने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवद्धता जनाएका बेला संविधान विभेदकारी छ भन्नु आपत्तिजनक नहुने तर्क गर्नुभयो । नेता कर्णले मोदीको नेपाल भ्रमण सफल भएको दावी समेत गर्नुभयो ।

नेता कर्णले राज्यको विभेदकारी नीतिका कारण नेपालको तराई, मधेशपछि परेको भन्दै त्यसलाई माथि उठाउन आफूहरु लागि परेको दावीसमेत गर्नुभयो । 

भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले संविधानविरुद्ध संघर्ष गर्नु परेको भनी दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।

तर नेता कर्णको भने संविधानमा विभेद भएको कुरा सबैले स्विकार गरेकाले मुख्यमन्त्री राउतको अभिव्यक्तिमा आपत्ति जनाउन नहुने तर्क छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया