MENU

खेल

ujyaalo forign call inside

पञ्जाबमाथि बेंग्लोरको सहज जित

जेठ १ – इण्डिन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार राति भएको लो स्कोरिङ म्याचमा बेंग्लोर विजयी भएको छ । उमेश यादवले पञ्जाबका सुरुवाती ब्याट्सम्यान केएल राहुल र क्रिश गेललाई आउट गरेपछि संकटमा परेको पञ्जाब १५.१ ओभरमा ८८ रनमा अलआउट भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका एरोन फिन्चले सर्वाधिक २६ रनको योगदान दिए भने एरोन फिन्चले सर्वाधिक २६ रन जोडे । बलिङतर्फ उमेश यादवले तीन विकेट लिए ।

८८ रनको लक्ष्य बेंग्लोरले बिना कुनै विकेटको क्षतिमा झण्डै ८.१ ओभरमा पूरा गर्यो । बैंग्लोरका लागि विराट कोहलीले ४८ तथा पार्थिव पटेलले ४० रनको अविजित योगदान दिँदै जित दिलाए ।

लिगको दुई खेल बाँकी रहँदा बेंग्लोर १० अंकसहित सातौं स्थानमा छ भने पञ्जाव १२ अंकसहित पाँचौं स्थानमा छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया