MENU

राजनीति

ujyaalo forign call inside

अलमलमै बित्यो जनप्रतिनिधिको एक वर्ष, कर्मचारीले सहयोग नगर्दा विकासका काम हुन सकेन

विमल विष्ट, उज्यालो । 

डोटी, जेठ १ – स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा हुनै लागे पनि काम भने हुन सकेको छैन । स्पष्ट ऐन, र आपसी समझदारी नहु“दा डोटीका स्थानीय तहहरु अलमलमै छन् ।
 
स्थानिय तहमा जनप्रतिनिधि आएको वर्षदिन बित्नै लाग्दा यहाँका जनप्रतिनिधिहरुले कर्मचारी र स्थानीयसँग बसेर छलफल गरेका छन् । छलफलबाट जनप्रतिनिधिहरुले  कर्मचारीहरुबाट सहयोग नमिलेको र काम गर्न असहज भएको निष्कर्ष निकालेका छन् । कर्मचारीहरुले भने नया“ संरचनामा जाँदा ऐन कानुनको अस्पष्टताका कारण सेवा प्रवाकारी हुन नसकेको बताएका छन् । 
 
जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले संघीय संरचनामा जा“दा विभिन्न बाधा अड्चनहरु आइरहेको बताउनुभयो । कर्मचारी व्यवस्थापन हुन नसक्दा कामहरुमा बाधा परिरहेको बताउँदै ऐरले अबका दिनहरु समृद्धिका काममा खर्च हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै, दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले कर्मचारीहरुबाट सहयोग नपाइएका कारण चाहे जति काम गर्न नसकेको बताउनुभयो । उहाँले गुरुयोजना अनुसार दिपायल सिलगढी नगरमा दीर्घकालीन ठूला योजना बनाएर अघि बढ्न आफूलाई कर्मचारीहरुको साथ चाहिएको बताउनुभयो ।
 
छलफलमा स्थानीयले स्थानीय तहलाई समृद्धितर्फ लैजान कर्मचारी र जनप्रतिनिधि मिलेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।  
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया