MENU

बातावरण-कृषि

ujyaalo forign call inside

बिहानपख मौसम सफा भए पनि दिउँसो केही ठाउँमा पानी पर्ने

काठमाडौं, जेठ १ – उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला मौसम सफा छ । तर दिउँसोपख बदली हुने र केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् । 

मौसमविद् सुवास रिमालका अनुसार आइतबारदेखि बदलीसहित वर्षा गराएको मौसमी प्रणाली मध्य र पश्चिम क्षेत्रमा कमजोर बन्दै गएको छ । पूर्वमा भने सक्रिय नै छ ।

अहिले पश्चिमी न्यूनचापीय प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वको मौसम आज पनि खुल्ने संभावना कम छ । तर काठमाडौं उपत्यकासहित मध्य र पश्चिमको मौसम भने एकैछिन खुल्दै बदली भइहाल्ने मौसमविद् रिमालले बताउनुभयो । 

यस्तै, केही ठाउँमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । भोलिदेखि भने मौसममा सुधार हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया