MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

जसलाई मोदीले ‘५० करोडकी गर्लफ्रेन्ड’ भनेका थिए

जेठ १ – दिल्लीको पटियाला हाउस कोर्टमा प्रहरीले शशि थरुरुविरुद्ध पत्नीको आत्महत्या गर्न उक्साएको भन्दै मुद्धा दायर गरेको छ । 

दिल्लीको एउटा पाँच तारे होटेलमा ५७ वर्षीया सुनन्दा पुष्कर सन् २०१४ जनवरी १७ का दिन मृत भेटिइन् । 

सुनन्दा पुष्करकाे जन्म जनवरी १, १९६२ मा भारत प्रशासित कश्मीरको सोपोरमा भएको थियो । उनको बुवा पीएन दास भारतीय सेनाका वरिष्ठ अधिकारी थिए । सुनन्दाले श्रीनगरको गभर्मेन्ट कलेज फर वुमेनबाट स्नातक गरेकी हुन् । 

शशि थरुरसँग उनको तेस्रो विवाह थियो । सुनन्दा पुष्करको नाम पहिलो पटक २०१० अप्रिलमा इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोच्ची टिमको खरीद प्रक्रियामा जोडिएको विवादमा मुछिएका थिए ।
आईपीएल विवाद
आईपीएलमा कोच्ची टिमको खरीद प्रक्रियामा कांग्रेस नेता शशि थरुरको भूमिकालाई लिएर प्रश्न उठाइएको थियो ।
यो काण्ड यहाँसम्म पुग्यो कि थरुरले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिनु पर्यो । तर केही समयपछि उनलाई मन्त्रिमण्डलमा समावेश गरियो ।

विवादका कारण सुनन्दा पुष्करले पनि कोच्चीको टिमबाट आफ्नो हिस्सेदारी फिर्ता लिनु पर्‍याे । 

‘५० करोडकी गर्लफ्रेन्ड’

अक्टोबर २०१२ मा हिमाञ्चल प्रदेशको एक चुनावी र्यालीमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले सुनन्दा पुष्करलाई ‘५० करोडको गर्लफ्रेन्ड’ भनेका थिए । यो बयान राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । शशि थरुरले ट्वीटमार्फत मोदीलाई जवाफ दिएका थिए, ‘प्रेमको कुनै मूल्य हुँदैन ।’ त्यसपछि शशि थरुर र सुनन्दा पुष्करका बारेमा भारतीय जनता पार्टीको आक्रमण जारी नै रह्यो ।

बीजेपीका उपाध्यक्ष तथा राष्ट्रिय प्रवक्ता मुख्तार अब्बास नकवीले शशि थरुरलाई ‘लभ गुरु’ को उपाधि दिएका थिए । उनले व्यंग्य प्रहार गर्दै यदि देशमा लभ मन्त्रालय गठन भएमा त्यस मन्त्रालयको जिम्मेवारी शशि थरुरलाई दिनुपर्ने बताएका थिए । शशि थरुरलाई काेच्ची टिममा शेयर हाल्न सुनन्दालाई पैसा दिएकाे अाराेप लागेकाे थियाे । सुनन्दाले टिमबाट अाफ्नाे शेयर झिकेपछि अझ शंका बढेकाे थियाे ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया