MENU

खेल

ujyaalo forign call inside

​पीएसजीले ल्यायो नयाँ प्रशिक्षक

जेठ १ – जर्मन क्लब बोरसिया डर्टमन्डका पूर्व प्रशिक्षक थोमस टुचेल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको प्रशिक्षकमा नियुक्त भएका छन् । 

२०१७ को मे महिनामा डर्टमन्डको प्रशिक्षकबाट बाहिरिएपछि कामविहीन बनेका थोमसलाई पीएसजीले २ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । ४४ वर्षीय थोमसले दुई वर्ष डर्टमन्डमा प्रशिक्षकका रुपमा काम गरेका थिए । 

२०१५ मा हालका लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले पद छाडेपछि थोमस डर्टमन्डमा आवद्द भएका थिए । थोमसले पीएसजीमा उनेई इमेरेलाई रिप्लेस गरेका हुन् । यो सिजनको फ्रेन्च लिगको उपाधि पीएसजीले जितिसकेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया