MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

एकपछि अर्को हार, केले बचाउँछ राहुल गान्धीलाई ?

जेठ १ – राहुल गान्धीले योभन्दा बढी के गरुन् ? उनी कहाँ–कहाँ गएनन् ? प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनी सीधै चुनौती दिइरहेका छन् । 

भारतीय कांग्रेसका रणनीतिकारले एक–एक विधानसभाका लागि खास रणनीति बनाएका थिए । पूरा कर्नाटकमा अलग–अलग क्षेत्र बाँडफाँड गर्दै पार्टी कार्यकर्ता बूथसम्म पुगेका थिए । त्यति मात्रै होइन, उनीहरुले प्रत्येक मतदाताको नाम, ठेगाना तथा फोन नम्बरसम्म लिन भ्याएका थिए । 

‘गर्वी गुजरात’ जस्तै ‘कन्नडिगा स्वाभिमान’ जगाउनका लागि दुई महिना पहिले कांग्रेसले कर्नाटकका लागि छुट्टै शासकीय झण्डा तय गरेको थियो । कांग्रेसले लिंगायत समुदायलाई हिन्दु धर्मबाट अलग गरी अल्पसंख्यक समुदायका रुपमा मान्यता दिएको थियो । बीजेपी अमित शाहलाई चुनौती दिनका लागि कांग्रेसले पूरा शक्ति लगाएको थियो । 

हार राहुल गान्धीको लागि नयाँ अनुभव होइन । अहिलेसम्म उनले धेरै हारको अनुभव व्यहोरिसकेका छन् । तर कांग्रेस अध्यक्षको रुपमा भने कर्नाटकको
 हार पहिलो हो राहुल गान्धीका लागि । 
बीजेपीले आफ्नो प्रचारप्रसारमा आफ्ना सबै विरोधी पार्टीलाई हिन्दू विरोधीका रुपमा प्रमाणित गर्न सफल भएको छ । अब भारतीय राजनीतिमा हिन्दू रंगलाई स्वीकार गर्न कांग्रेस तथा तृणमूल कांग्रेसजस्ता पार्टी बाध्य भएका छन् ।

राहुल गान्धीले के गरे ?

राहुल गान्धी विद्यार्थी राजनीतिमा सक्रिय पनि थिएनन् । न त उनी मजदुर आन्दोलनमा सहभागी नै भएका थिए । तर उनी एकाएक उत्तर प्रदेशमा एक दलित परिवारको घरमा गएर बस्छन् । यसलाई पनि धेरै नाटकीय रुप मात्रै माने । उनमा जमिनी अनुभवको कमी रहेको छ । त्यसैले पनि उनलाई धेरैले आम मान्छेका नेता मान्दैनन् । 
अझै पनि भारतीय कांग्रेससँग एक ‘लाइफलाइन’ बाँकी रहेको छ । त्यो हो, राजस्थान, मध्य प्रदेश तथा छत्तीसगढको विधानसभा चुनाव । यी राज्यमा बीजेपी आफैले खनेको खाल्डोमा जाकिन्छ समेत भन्ने गरिएको छ । यदि यहाँ बीजेपीलाई कसैले बचाउन सक्छ भने ती व्यक्ति हुन् नरेन्द्र मोदी । इतिहासकार तथा राजनीतिक विश्लेषक रामचन्द्र गुहाले पछिल्लो लोकसभा चुनावभन्दा पहिले यदि कांग्रेस परिवारवादबाट अगाडि आएमा मात्रै बच्न सक्छ । गुहाले कांग्रेसले परिवारवादलाई छोड्न सकेन भने पार्टी परिवारसँगै डुब्नेछ भनेका थिए ।

कर्नाटक विधानसभा चुनावको पछिल्लो मतपरिणाम अनुसार बीजेपी १०७ सिटमा अगाडि रहेको छ । कांग्रेस ७२ सिटमा अगाडि रहेको छ भने जनता दल सेक्युलर ४१ सिटमा अगाडि रहेको छ । अन्य दुई सिटमा अगाडि रहेको छ । कनार्टकका २२४ सिटमध्ये २२२ सिटमा चुनाव भएको थियो । यहाँ सरकार बनाउन ११२ सिट आवश्यक रहेको हुन्छ । यदि बीजेपीले ११२ सिट पुर्याउन सकेन भने सबैभन्दा ठूलो पार्टी बनेर पनि उसले सरकार बनाउने सम्भावना कम रहन्छ । यस्तोमा कांग्रेस र जनता दल गठबन्धन बनाएर सरकार बनाउने सम्भावना बढी रहेको छ । 

२०१३ को विधानसभा चुनावमा कांग्रेसले १२१ सिटमा जित हात पार्दै सरकार बनाएको थियो । जनता दलले ४० सिटमा जित हात पारेको थियो भने बीजेपीले ३९ सिटमा सीमित रहेको थियो । 

कर्नाटक चुनावलाई २०१९ मा हुने लोकसभा चुनावलाई समेत जोडेर हेरिएको हुँदा कांग्रेसको हारले विशेष अर्थ राख्नेछ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया