MENU

समाज

ujyaalo forign call inside

​लागुऔषध ओसारपसार गर्ने साह प्रहरी थुनामा

काठमाडौं, जेठ १ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित मंगलबार एक जनालाई प्रकाउ गरेको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको  ना ७ ख २७७६ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा दुहवी नगरपालिका–२, सुनसरीका २३ वर्षीय श्याम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साहको साथबाट एभिल ५० एम्पूल, लुपिजेसिक ५० एम्पूल , फेनार्गन ५० एम्पूल डाइजाल्याव ५० एम्पूल गरी जम्मा २०० एम्पूल  र ३०० ट्याब्लेट नाइट्राभेट नामका अवैध लागुऔषध बरामद गरेको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिनुभयो ।

निरीक्षक भट्टले थप अनुसन्धानको लागि साहलाई महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया