MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

कनार्टकमा बीजेपीलाई झट्का, ठूलो पार्टी भएर पनि सरकार बनाउन नसक्ने

जेठ १ – कर्नाटक विधानसभा चुनावको अन्तिम मतपरिणाम आउने क्रममा रोमाञ्चक मोडमा पुगेको छ । 

कर्नाटक विधानसभाको २२२ सिटमध्ये १३८ सिटको परिणाम आइसकेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार भारतीय जनता पार्टी(बीजेपी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको छ । बीजेपीले ७५ सिटमा जित हात पारिसकेको छ भने २९ सिटमा अग्रस्थानमा रहेको छ । कांग्रेसले ४३ सिटमा जित हात पार्दै ३५ सिटमा अग्रता बनाएको छ ।

३८ सिटमा अगाडि रहेको जनता दल सेक्युलर(जेडीएस) सँग कांग्रेसले गठबन्धन बनाउने बताइसकेको छ । सरकार बनाउन कर्नाटक विधानसभामा ११२ सिट आवश्यक हुन्छ । जेडीएसलाई कांग्रेसले समर्थन गर्दा ११६ सिट हुनेछ । कांग्रेसले सरकार बनाउन गरेको प्रस्ताव जेडीएसले स्वीकार गरिसकेको खबर आइरहेका छन् । यस्तोमा तेस्रो पार्टी भएर पनि जेडीएसका कुमारास्वामी मुख्यमन्त्री बन्नेछन्  कांग्रेसको समर्थनमा ।

बीजेपी पनि पूर्व प्रधानमन्त्री समेत रहेका एचडी देवगौडाको पार्टी जेडीएसलाई फकाउने प्रयासमा लागिसकेको छ । 

कर्नाटकमा मायावतीको बहुजन समाजवादी पार्टीले एक सिटमा जित हात पारेको छ । त्यस्तै एक सिटमा कर्नाटक प्रग्न्यावंथा जनता पार्टीले जित हात पारेको छ । कर्नाटकको सत्ताको साँचो अब जेडीएसमै रहेको छ । १०० भन्दा माथि सिटमा जित हात पारेर पनि बीजेपी सरकारबाहिर रहने सम्भावना प्रबल देखिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया