MENU

समाज

ujyaalo forign call inside

​आईसीसी विज्ञ सम्मेलनको तयारी पूरा

जेठ १ – नेपालीहरुको छाता संगठन एनआरएन अमेरिकाको आईसीसी विज्ञ सम्मेलनको तयारी तिव्र बनाएको छ ।  

अमेरिकाको सान–फ्रान्सिस्को शहरमा आयोजना हुन लागेको सम्मेलनको तयारी भव्यताका साथ अगाडि बढाइएको एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले जानकारी दिनुभयो । 

संस्थाले सम्मेलनमा सदस्यता सम्बन्धी विवाद पनि मिलाउने बताएको छ । सम्मेलन क्यालिफोर्निया च्याप्टरको आयोजनामा गर्न लागिएको हो । क्यालिफोर्निया चाप्टरका अध्यक्ष रामबाबु पाण्डेले आफ्नो च्याप्टरलाई विश्वास गरी एनआएन अमेरिकाले विज्ञ सम्मेलन गर्ने जिम्मा दिएकोमा एनआरएन अमेरिकालाई धन्यवाद दिनुभयो ।   

सम्मेलनमा अमेरिकासहित अन्य देशबाट आउने पाहुनाको स्वागतका लागि विशेष व्यवस्था मिलाइएको क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले जानकारी दिनुभयो ।  

पत्रकार सम्मेलनमा एनआरएन अमेरिकाका सल्लाहकारद्वय उत्तम कार्की, कृष्ण कोइराला, महिला संयोजक इन्दिरा त्रिपाठीलगायतले आफ्ना धारणा राखेका थिए ।   
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया