MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

तोकिएभन्दा २५ सेकेण्ड चाँडै रेल गुडाउँदा यात्रुसँग माफी माग्यो जापानको रेल्वे कम्पनीले

जेठ १ – जापानको एक रेल्वे कम्पनीले रेल निर्धारित समयभन्दा २५ सेकेण्ड छिटो गुडाएकोमा यात्रुहरुसँग क्षमायाचना गरेको छ ।
 
वेष्ट जापान रेल्वेजले शिगाको नोटोगावा स्टेशनबाट ७ बजेर १२ मिनेटमा गुड्नुपर्ने आफ्नो एउटा रेल गल्तीले ७ बजेर ११ मिनेट ३५ सेकेण्डमा गुडेर यात्रुहरुमा पर्न गएको ठूलो असुविधाको लागि क्षमा याचना गरेको हो ।
 
नोटोगावा स्टेशनबाट बिहान ७ बजेर १२ मिनेटमा निशी आकाशीका लागि छुट्नुपर्ने त्यो रेलका सहचालकले ७ः११ मा छुट्ने ठानेर ७ बजेर ११ मिनेटमै ढोका लगाइदिएका थिए । 
 
उनले गल्ती थाहा पाए तर प्लेटफार्म खाली देखेर ढोका खोल्नुको साटो २५ सेकेण्ड अगाडि नै गुडाउने निर्णय गरेका हुन् । यद्यपि, ७ बजेर १२ मिनेटमा यात्रा गर्नुपर्ने यात्रुहरु प्लेटफार्ममै थिए ।
 
सोरा न्युज २४ टेलिभिजनले जनाएअनुसार छुट्कामध्ये एक यात्रुले स्टेशनका कर्मचारमार्फत जेआर वेष्टको मुख्यालयमा खबर गरेपछि मुख्यालयले औपचारिक रुपमा क्षमायाचना गरेको थियो ।
 
‘हाम्रो कारणले यात्रु वर्गमा पारेको असहजता साँच्चै नै अक्षम्य थियो।’ जेआर वेष्ट ले भनेको छ, हामी हाम्रा कदमहरुको समीक्षा गर्नेछौँ र आउने दिनहरुमा यस्ता गल्तीहरु नदोहोर्याउन प्रयास गर्नेछौँ ।’ 
 
नोटोगावा प्लेटफार्मबाट निशी आकाशीका लागि छुट्नुपर्ने अर्को रेल ७ बजेर १९ मिनेटको थियो र त्यो रेल अघिल्लो छुटेको रेलभन्दा ६ मिनेटमात्र ढिला नोटोगावा प्लेटफार्ममा आइपुगेको थियो ।
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया