MENU

मनोरञ्जन

​आमीर खानको ‘महाभारत’ मा सलमान खान कृष्ण बन्न सक्ने

जेठ १ – आमीर खानले आफ्नो महत्वकांक्षी फिल्म फिल्म ‘महाभारत’ बनाउने निर्णय गरेका छन् । यस फिल्ममा आमीर कृष्णको भूमिकामा उनका साथी सलमानले निर्वाह गरुन भन्ने चाहन्छन् ।  

आमीरका अनुसार सलमान स्वयम कृष्णको भूमिका निर्वाह गर्नका लागि इच्छुक छन् । आमीरले महाभारत बनाउने खबर सुन्ने बित्तिकै सलमानले त्यस फिल्ममा काम गर्न चाहेको कुरा बताएका थिए । आमीरले सलमानलाई कृष्णको भूमिका गर्नको लागि भनेका छन् ।

आमीरको फिल्म ‘ठग्स अफ् हिन्दुस्तान’ मा काम गरिरहेका अभिनेता अमिताभ बच्चनलाई ‘महाभारत’ मा धृतराष्ट्रको धूमिका निर्वाह गर्नका लागि अफर गरिसकेका छन् । 

आमीर खान स्वयम ‘महाभारत’ अर्जुनको भूमिका निर्वाह गर्नका लागि इच्छुक रहेका छन् । यसका साथै आमीरले बलिउडका अन्य सुपरस्टारहरुलाई फिल्म ‘महाभारत’ मा विभिन्न भूमिकाको लागि  लिन चाहेका छन् । 

फिल्म ‘महाभारत’ विभिन्न सिरीजमा बन्नेछ । जसमध्य् हरेक सिरीजलाई एक वर्षको अन्तरालमा प्रदर्शन गरिनेछ । एक सय करोडको लगानीमा बन्ने तयारीमा रहेको आमीरको ‘महाभारत’ मा भारतीय व्यापारी मुकेश अम्बानीले लगानी गर्नेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया