MENU

समाज

ujyaalo forign call inside

​अचम्म छ, बिदाको दिन पनि हाजिर गर्छन् सरकारी कर्मचारी

ओखलढुंगा, जेठ १ – कार्यालयमा काम गरेको दिनमा त हाजिरी गरेर प्रमाणित हुनु स्वाभाविक हो ।

तर सार्वजनिक बिदाका दिनमा पनि काम गरेको भन्दै हाजिरी प्रमाणित गर्नु गैर कानुनी काम हो । तर ओखलढुंगाका सरकारी कर्मचारीको हाजिर सार्वजनिक बिदाका दिन पनि प्रमाणित हुने गरेको पाइएको छ ।

मोलुगं गाउँपालिका वडा नं. १ मा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट खटिएका प्राविधिक र इञ्जिनियरहरुको हाजिरी सार्वजनिक बिदाको दिनको पनि प्रमाणित भएको छ । वैशाख महिनाको हाजिरीमा वैशाख १७ र गते बुद्ध जयन्ती र १८ गते मजदुर दिवसका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो । 

वडाध्यक्ष प्रदिप बानियाले एक जना इञ्जिनियर र तीन जना प्राविधिकको हाजिरी वैशाख १७ र १८ गते पनि हाजिरी गरेको प्रमाणित गरेका छन् । इञ्जिनियर करण दासले पेस गरेको तीन प्राविधिकसहितको हाजिरी विवरण अध्यक्ष बानियाले प्रमाणित गरेका हुन् । पुनःनिर्माणका प्राविधिकहरुको हाजिरी वडाले प्रमाणित गरेपछि मात्रै तलब खुवाउने प्रावधान रहेको छ ।

बिदाका दिनको समेत हाजिरी प्रमाणित गरेको विषयमा वडा अध्यक्ष बाँनियाले कर्मचारीले पेश गरेको विवरणमा विश्वास गरेर हस्ताक्षर गरेको बताए । उनले प्राविधिक हिसाबले भएको त्रुटि सच्याउने बताए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया