MENU

खेल

ujyaalo forign call inside

पुलिसलाई हराउँदै सुनसरी ११ उदयपुर गोल्डकपको सेमिफाइनलमा

सुमित्रा कोेइराला/उज्यालो ।

उदयपुर, जेठ १ – सुनसरी–११ उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

थरुहट रंगशालामा आज भएको अन्तिम क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटबाट नेपाल पुलिस क्लबलाई पराजित गर्दै सुनसरी ११ सेमिफाइनलमा प्रवेश गरेको हो । 

निकै प्रतिस्पर्धात्मक भएकाे खेलमा दुवैतर्फ निर्धारित समय र अतिरिक्त १५ मिनेटको समयमा समेत ३–३ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।  पेनाल्टी सुट आउटमा सुनसरीको तर्फबाट अनिल धामी, बुद्धिमान राई, निशान लिम्बूले गोल गरेका थिए ।  पुलिसको तर्फबाट अभिषेक रिजाल, रिजन सुब्बा मात्र गोल गरेका थिए । 

निकै प्रतिस्पर्धात्मक आजको खेलमा  सुनसरीका लागि पहिलो हाफको २३ औँ मिनेटमा सौजन याम्हाले पहिलो गोल गरेका थिए भने पहिलो हाफको ४२ औँ मिनेटमा तिर्थ बस्नेत र दोस्रो हापको २० औ मिनेटमा रोसन लिम्बूले एक–एक गोल गरे ।

एक साताअघि मात्र दमक गोल्डकपको उधाधि जितेको पुलिसको तफबार्ट भने पहिलो हाफको ७ औँ मिनेटमा राम वाजीले गोल गरी सुरुवाति अग्रता गरेका थिए भने दोस्रो हाफको औँ ३४ मिनेटमा अभिषेक रिजाल र थप गरिएको अतिरिक्त समयको १ मिनेटमा विक्रम धिमालले गोल गरी बरावरी गरेका थिए । दुवै तर्फबाट ३–३ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

आजको खेलको म्यान अफ् द म्याच सुनसरीका गोल रक्षक विनय श्रेष्ठ भए  उनले नगद सात हजार रुपैयाँ प्राप्त गरे ।  

सुनसरीले बिहीबार आयोजक उदयपुर ११ को विजेता मनाङ मर्स्याङ्दी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ ।  बुधबार थारूहट रंगशालामा पहिलो सेमिफाइनल खेल  झापा ११ र थ्रीस्टार क्लबबीच हुने  गोल्डकप मूल आयोजक समितिका अध्यक्ष किरण राईले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया