MENU

समाज

ujyaalo forign call inside

मध्यरातमा कार्यालयभित्र हिलो र पानी : गुहार–गुहार भन्दै चिच्याए कार्यालय सहयोगी

दीपक भट्ट/उज्यालो ।

रामेछाप जेठ १ – सोमबार बिहान परेको भारी वर्षाका कारण आएको बाढी कार्यालयभित्र पसेर कोठाभरी माटो भरिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीले मगंलबार चौतारामा बसेर स्वास्थ्य सेवा सञ्चालन गरेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा रहेको ८ वटै कोठाहरुमा बाढी पसेर क्षति पु¥याएपछि कार्यालयको अगाडि रहेको चौतारामा बसेर स्वाथ्य सेवा सञ्चालन गरिएको हो । आइतबार रातिदेखी परेको अविरल वर्षाले कार्यालय माथि बादियाचौरबाट झर्ने खहरे खोलाले ल्याएको गेगर सहितको माटो कार्यालयको कम्पाउन्डको गेट नै भत्काएर कार्यालय परिसरमा पसेपछि कार्यालयको सबै कोठाहरु डुबानमा परेका छन् । 

कार्यालय भित्र पानीसँगै गेगर र माटो पस्दा कोठा भित्र बिच्छाइएको कार्पेट, औषधिहरु, कम्प्युटर, प्रिन्टर लगायतका सामाग्रीहरुमा समेत कामै नलाग्ने भएका छन् । कोठा भित्र करिब १ फिट भन्दा बढी लेदो र पानी जमेको छ । त्यसैगरी कार्यालयको गेटबाट झर्ने सिडी र आँगनभरी करिब ५ फिटभन्दा बढी लेदो जम्मा हुँदा कार्यालय भित्र समेत पस्न सक्ने अवस्था नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका कबिराज दीपककुमार कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वर्षासँगै आएको पानी र लेदोका कारण कार्यालयमा भएको औषधि बनाउने  विभिन्न प्रजातिका जडिबुटीहरु, बासा, हर्रो, वर्रो, अमला, अश्वगधा लगायतका औषधिहरु कामै नलाग्ने भएको छ । त्यस्तै तयारी औषधिहरुमा अवियन्त्रीकरण, योगराज गुगुल, अश्जगधा चूर्ण, पूण्याउग चूर्ण, कैशोर गुगुल, त्रिमला चूर्ण लगायतका औषधिहरु र कम्प्युरट प्रिन्टर समेत गरी करिब ५ लाख मूल्य बराबरको सामाग्रीहरु नष्ट भएका छन् । 

पुरिएका सामानहरु निकाल्न धेरै समय लाग्ने भएकाले तत्कालको सेवा कार्यालयको कम्पाउड भित्र रहेको चौताराबाट नै शुरुवात गरेका छन् । ‘कार्यालय सफा त यसो मिलाएर गरौला अब कार्यालयमा भएको औषधि र उपकरण नहुँदा कार्यालयको दैनिक कामकाज कसरी सञ्चालन गर्ने ?’, कबिराज कार्की प्रश्न गर्नुहुन्छ । 

गुहार—गुहार भन्दै कराए सहयोगी 

कार्यालय भवनसँगै जोडिएको सानो पाले बस्ने घरमा सदा झै खाना खाएर मस्त निद्रामा सुतेका कार्यालय सहयोगी जितबहादुर बस्नेत रातको १२ बजे बन्द गेट ढ्वाढ्वाङ आवाजसँगै अकस्मात आफू सुतेको कोठाभित्र ढोका र झ्याल दुवैबाट अचानक पानी र लेदो पसेपछि गुहार–गुहार भन्दै चिच्याउनुभएकाे थियाे । 

उहाँले भन्नुभयाे—‘सुरुमा त कोही बाटो हिँड्ने बटुवा हो कि जस्तो लाग्यो । पछि पानी र लेदो सुसाएको सुनेँ । हेर्दाहेर्दै आफू सुतेको कोठा भरी नै पस्यो ।’

कार्यालयकै माथिल्लो तलामा सुतेका केही साथीहरुलाई उनले राति बोलाए तर मस्त सुतेकाले साथीहरुले बस्नेत कराएको सुनेन् । बल्लतल्ल एक हात र खुट्टाले ढोकामा बल लगाएर एक हातले मोबाइलमा नम्बर डाएल गरेपछि साथीहरु आए र त्यसस्थानबाट बस्नेतलाई निकाल्न सहयोग गरे । 

उहाँ भन्नुहुन्छ, ‘सुरुमा त च्छो रोल्पा पो फूटेर आएछ जस्तो भयो । अब यहीँ मर्छु जस्तो भयो धन्न भाग्यले बाँचे ।’ उहाँलाई आफू बाँचे पनि (आफू सुतेका कपडा देखाउँदै भने) सिरक, तकिया, डस्ना र तन्दा कुनै पनि काम नै नलाग्ने भएको देखाउनुभयो । अब रातको समयमा कहाँ र कसरी सुतेर कार्यालयको पालो कुर्नु ? उहाँलाई अबका दिनमा कसरी पालो कुर्नु भन्ने चिन्ताले सताएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया