MENU

समाज

ujyaalo forign call inside

मुसाको सिकार : दिन पनि कट्ने, छाक पनि टर्ने (भिडियो कथा)

पूर्वी झापाको ज्यामिरगढीका धेरै बासिन्दा चिया बगानमा काम गर्छन् । त्यहीँको बेन्डी वस्तीका सन्थाल आदिवासीको गुजारा गर्ने ठाउ पनि चिया बगान नै हो । तर सन्थाल आदिवासीका पुरुषको मन चिया बगानमा भन्दा मुसाको सिकारमा रमाउछ । 

गाउँमा कसैले मुसा मार्न जाउँ भन्ने बित्तिकै सन्थाल पुरुषहरु मुसाको सिकार गर्ने सरसामान बटुलेर खेतमा पस्छन । मुसाको सिकार गर्न जादा बाटामा मानिस अघि र कुकुर पछि हुन्छ । खेतमा पुगेपछि चाहि कुकुर अघि लाग्छ । कुकुरले मुसा कुन दुलोमा छ भन्ने पत्ता लगाउछ ।

कुकुरले देखाएका खेतका गह्रा, कान्ला कुनामा खनी खोस्री गरेपछि मुसा समातेर उनीहरु गाउँ फर्किन्छन् । फेला पारेको मुसा सबैलाई भाग लगाउँछन् । सिकारमा गएको कुकुरले एक भाग पाउँछ । यसरी मुसाको सिकार गर्दा दिन त काट्छ नै, मुसाको मासुले खानामा स्वाद पनि थप्छ ।

हेर्ने कथा हरेक अग्रेजी महिनाको १ र १५ तारिख उज्यालोको युट्युव च्यानलमा प्रसारण हुन्छ । यसअघिका हेर्न कथा हेर्न यहाँ क्लिक गर्नुहोस्

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया