MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

जेठ २ – उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ । 

यसअघि, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको छलफल पछि कोरियाली प्रायद्धीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । 

उत्तर कोरियाको यो घोषणापछि अमेरिकासँगको उच्चस्तरीय वार्ता पनि अन्योलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया