MENU

समाज

ujyaalo forign call inside

विमान भेटिएको भनिएको ठाउँमा हेलिकोप्टरबाट खोजी

सुर्खेत, जेठ २ – बिहानदेखि हराइरहेको मकालु एयरको कार्गो विमान बाजुरामा भेटिएको खबर आएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान बाजुरामा भेटिएको खबर आएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानमा रहेका दुईजना चालक सकुशल छन् । सुर्खेत विमानस्थलका प्रमुख विनोद पन्तले पनि विमान बाजुराको दुर्गम हिलाचौरमा भेटिएको खबर आएको उज्यालोलाई जानकारी दिनुभयो । विमान भेटिएको खबर आए पनि आधिकारिक पुष्टि हुन भने बाँकी छ । 

विमान भेटिएको भनिएको क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी भइरहेको त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले विमानमा सामान्य क्षति पुगेको जानकारी पाएको तर आधिकारिक कुरा आउन बाँकी नै रहेको र विमानको खोजीका लागि टोली खटाएको जनाएको छ ।

विकट क्षेत्र रहेको र मौसम पनि राम्रो नभएकाले थप विवरण आउन ढिलो भएको प्रहरीले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया