MENU

समाज

ujyaalo forign call inside

ट्रकमा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

नवलपरासी,जेठ २ – राेकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

मंगलबार राति पूर्व पश्चिम राजमार्गमा पर्ने कावासोती नगरपालिका १६ कोटटाडीमा लु १ ख ५३ ८४ नम्बरको ट्रक मा लु १६ प २८ ४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका १२ भुपु चोक बस्ने ३१ वर्षीय तिलप्रसाद थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका थापाको उपचारको क्रममा बुधबार बिहान दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रमा  ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका कावासोती २ बस्ने ३१ वर्षका डण्डबहादुर पुन गम्भीर घाइते हुनुभएको छ । घाइते पुनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया