MENU

समाज

ujyaalo forign call inside

‘राहदानीको तथ्याङ्कको सुरक्षामा ध्यान दिनुपर्ने’

काठमाडाैं, जेठ २ – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी गलत हातमा पर्न नदिन राहदानीको तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । 

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक मंगलबार नारायणहिटी परिसरमा रहेको राहदानी विभागको कार्य प्रक्रिया, कार्यसम्पादन तथा सेवा प्रवाहको स्थलगत निरीक्षण गर्दै उहाँले राहदानी गलत हातमा परेमा यसले देशकै छविमा आँच आउन सक्ने भन्दै यसको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो । 

मन्त्री ज्ञवालीले राहदानी वितरणको अवधि छोट्याई जिल्ला तथा नियोगबाट राहदानी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन विभागलाई निर्देशन दिँदै केही वर्षभित्र विभागहरु आधुनिक भवनमा स्थान्तरण हुनेसमेत जानकारी गराउनुभयो । 

उहाँले निकट भविष्यमा एमआरपीको तुलनामा अझ बढी सुरक्षित र भरपर्दो विद्युतीय राहदानी लागू गर्नुपर्ने भएकाले यसको लागि आवश्यक योजना बनाउन राहदानी विभागलाई निर्देशन दिनुभयो । मन्त्री ज्ञवालीले कन्सुलर सेवा विभागलाई बाहिरी मुस्कानका साथै हृदयदेखि नै सेवा दिन निर्देशन दिनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया