MENU

समाज

ujyaalo forign call inside

अपडेट : अझै भेटिएन बिहानदेखि हराइरहेको विमान

सुर्खेत, जेठ २ – सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमिकोटका लगि उडेको मकालु एयरको कार्गो विमान अझै भेटिएको छैन । बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटको लागि उडेको विमान सम्पर्कबिहिन भएको हो ।

यसअघि सरकारी अधिकारीहरुले विमान बाजुरामा भेटिएको भन्ने खबर आएको बताएपनि यो कुराको पुष्टि हुन नसकेको त्रिभुवन विमानस्थल र प्रहरीले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र सुर्खेत विमानस्थका प्रमुख विनोद पन्तले विमान बाजुराको दुर्गम हिलाचौरमा भेटिएको अपुष्ट खबर आएको जानकारी दिनुभएको थियो । 

नाइन एन ए जे यु कलसाइन रहेको विमान चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । उहाँहरुको अवस्थाबारे पनि केही थाहा हुन सकेको छैन ।विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । अहिले विमानको खोजी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया