MENU

समाज

ujyaalo forign call inside

अपडेट: भेडिगोठालाले देखेका थिए दुर्घटनाग्रस्त विमान

रमेश ऐडी/उज्यालाे । 

हुम्ला, जेठ २ – हुम्लाको खार्पुनाथमा मकालु एयरको विमान दुर्घटना भएको छ । बिहानैदेखि सम्पर्कविहीन भएको विमान खोजीका लागि हेलिकोप्टर परिचालन गरिए पनि विमान दुर्घटनाको खबर सुरुमा भेडिगोठालाहरुले थाहा पाएका थिए ।

विमान दुर्घटना भएको खार्पुनाथको एक्लाभुजाचौरमा रहेका लामा रावलले आफूहरुले विमान खसेको देखेपछि सिडियो कार्यालयमा खबर गरेको जानकारी दिनुभयो । खबर आएपछि हेलिकोप्टरबाट प्रहरी र उद्धारकर्मीलाई घटनास्थलमा पुर्‍याइएकाे थियो ।

विमानमा रहेका दुवै चालकको ज्यान गएको छ । विमान तीन टुक्रा भएको रावलले जानकारी दिनुभएको छ । विमान पहाडमा ठोकिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि विस्तृत विवरण आउन बाँकी छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया