MENU

समाज

ujyaalo forign call inside

‘डेटिङ’ले प्रख्यात नारायणी किनार सबैका लागि ‘फिटिङ’ (तस्बिरसहित)

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, जेठ १ –  चितवनको नारायणगढ बजारसँगैको नारायणी नदी किनार एक समय ‘डेटिङ’ क्षेत्रको रुपमा परिचित थियो । त्यही नदी किनार अहिले जुनसुकै उमेरका ब्यक्तिका लागिपनि ‘फिटिङ’ बन्न थालेको छ ।

बिहान मर्निङ्ग वाक गर्नेको भीड, दिउँसो फुर्सदिलाको जमघट र साँझ बालबालिका र पाका मात्र होइन अरु उमेरका व्यक्तिका लागि पनि चिसो चिसो हावा खाने क्षेत्र बन्न थालेको छ । नारायणी नदी किनारमा रहेको खुला चौरमा रमाउनेको संख्या बढ्दै जानु यसैको प्रमाण हो ।

नारायणगढ–गैँडाकोट जोड्ने नरायणी नदी पुलदेखि दियालो बंगलासम्मको क्षेत्र नदी किनारमा एक किलोमिटर दूरीभन्दा बढी लम्बाई भएको खुला चौर छ । यो चौरमा क्रिकेट, भलिबल, ब्याडमिन्टन, फुटबल खेल्ने थलो पनि हो ।

नारायणगढ बजार अनि पारी गैँडाकोटमा बल्ने झिलिमिली बत्तीका कारण साँझको समय थप रमाइलो बन्ने गरेको छ । नदी किनारमा रहेका भगवानका मूर्ती र जीवजन्तुका कलात्मक संरचनाले सबैको मन लोभ्याउँछ ।

हरेक दुई वर्षमा चितवन महोत्सव हुने नारायणी नदी किनारलाई व्यवस्थित बनाउन भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनले सक्रियता देखाउँदै आएका छन् । पछिल्लोपटक भएको चितवन महोत्सवको आम्दानीको केही रकम नारायणी नदी संरक्षण गरी पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गरिएको थियो ।

भरतपुर महानगरले नदी किनारलाई पर्यटकीय क्षेत्र बनाउन कार्ययोजना समेत बनाएको छ । नदी किनार संरक्षण र सौर्य बत्ती निर्माणमा चासो बढेको छ । हरेक हप्ता सरसफाई गर्ने गरिएको छ । 

जिल्लामा एउटापनि सुविधायुक्त प्रदर्शनी मैदान नभएकाले नारायणगढको पुल्चोकदेखि दियालो भवनसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो ।

सुन्दर दृष्यावलोकन गर्न सकिने र स्वच्छ वातावरण भएकाले अहिले यो क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सक्रियता बढेको हो । किनारमा अहिले ४५ वटा बत्ती लगाइएको छ । 

भरतपुर उपमहानगरपालिकामार्फत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र पर्यटन विभागको सहयोगमा  ४६ लाख ४३ हजार रुपैयाँको लागतमा सौर्य बत्ती राखिएको हो ।

किनार व्यवस्थित भए दैनिक तीन हजारभन्दा धेरै पर्यटक त्यहाँ पुग्ने अनुमान गरिएको प्रधानले बताउनुभयो । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि अझै आकर्षक बनाउन सके थप फाइदा लिन  पर्यटन व्यवसायीको भनाई छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया