MENU

समाज

ujyaalo forign call inside

गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा पठाउने पक्राउ

काठमाडौं, जेठ २ – गैरकानुनी रुपमा विदेश पठाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं तारकेश्वर बस्ने नवलपरासी गैंडाकोट नगरपालिकाकी मनमाय आचार्य र छविलाल घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुको कोठाबाट विभिन्न व्यक्तिको नामका नागरिकता ३४ थान, नेपाली राहदानी ३० थान, नेपाली नागरिकता तथा राहदानीका प्रतिलिपि र वैदेशिक रोजगारीको लागि गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन १४ थान भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया