MENU

राजनीति

ujyaalo forign call inside

राज्यले जस्तालाई पायो त्यस्तैलाई शहीद घोषणा गर्न थाल्यो : रायमाझी

अर्घाखाँची, जेठ २ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राज्यले जसलाई पायो त्यसलाई शहीद घोषणा गर्दा शहीदको अबमूल्यन भएको बताउनुभएको छ ।

शहीद टंकप्रसाद भूसालको स्मृति दिवसको अवसर पारेर सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, को ढाकाचिनामा निर्माणाधिन शहीद स्मृति प्रतिष्ठानको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले शहीद घोषण गर्दा सरकारले विशेष ध्यान नदिँदा समस्या भएको बताउनुभएको हो । देशमा गणतन्त्र स्थापना भए पनि शहीदको सपना साकार पार्न नसकेको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा रायमाझीले संघीयता कार्यन्वयन सफल हुने मा शंका व्यक्त गर्नुभएको छ । उहाँले सबै आ–आफ्नै ढंगले चल्दा संघीयता असफल हुन सक्ने शंका व्यक्त गर्नुभएको हो ।

नागरिकको बलिदानीबाट ल्याएको संघीयतालाई असफलताबाट रोक्न र गलत ट्रयाकमा जान रोक्न सबै लाग्नु पर्ने रायमझीको भनाई छ । बजेट जति सबै स्थानीय तह, त्यसपछि प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुँने उहाँको तर्क छ । संघ सरकार, मन्त्री र सांसदलाई पनि विकास योजनासहितका बजेटको व्यवस्था गर्नु पर्ने उहाँको धारणा छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो आकारको बजेट र अधिकार, प्रदेश र संघीय संसदलाई बजेटविहीन बनाउ“दा रिलेसनमा समस्या आएको रायमाझी बताउनुहुन्छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया