MENU

राजनीति

ujyaalo forign call inside

मिल्ने नै भयो त ओलीको बोली ? पार्टी एकताबारे ओलीले के भनेका थिए, भिडियो हेर्नुहोस्

काठमाडौं, जेठ २ - एमाले र माओवादीबीच पार्टी एकताको विषयमा खटपट बढेको खबर मंगलबारसम्म चर्चामै थियो । मंगलबार दिउँसो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच खटपट भयो भन्ने खबर चलाउनेहरुलाई बुधबार बालुवाटार आउन भन्नुभयो । बुधबार दुई पार्टीबीच छलफल हुने र छिटै पार्टी एकताको घोषणा हुने उहाँको भनाई थियो ।


ओलीले भनेजस्तै बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित उहाँको भेटवार्ता भयो । दुई शीर्ष नेताबीचको भेटमा एक दुई दिनभित्रै पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । दुवै दलका नेताहरुका अनुसार अब पार्टी एकताको कामलाई फाइनल टच दिन मात्र बाँकी छ । ‘९९ प्रतिशत काम सकिइसक्यो’, नेताहरु भन्छन्,  ‘अब १ प्रतिशत मात्र काम बाँकी छ ।’

दुवै अध्यक्षको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दलको नामबाट ल्याउने गरी सहमति भएको हो । त्यसका लागि केही प्राविधिक र कानुनी काम बाँकी रहेकाले त्यसको गृहकार्यका लागि दुवै पार्टी व्यस्त रहेको एमाले सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया