MENU

खेल

ujyaalo forign call inside

सन्दीपको फड्को : वेष्ट इन्डिजविरुद्ध लर्डसमा खेल्ने

काठमाडौं, जेठ २ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गर्दै गएका छन् । 

पछिल्लो समय इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दीपले लर्डसमा हुने वेष्ट इन्डिज विरुद्धको खेलमा  विश्व –११ को टिमबाट खेल्ने भएका छन् । बुधबार आइसीसीले सन्दीपलाई विश्व–११ टिममा समावेश गरेको हो ।

मे ३१ मा इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि सन्दपीलाई टिममा राखिएको हो । बंगलादेशी क्रिकेटर शाकिब अल हसनले व्यक्तिगत कारणले यो खेल नखेल्ने आईसीसीले जनाएपछि सन्दीपललाई टिममा राखिएको आईसीसीले जनाएको छ ।

१७ वर्षीय सन्दीप इयोन मोर्गनको कप्तानीमा हुने टिमबाट खेल्नेछन् । यो टिममा मोर्गन र सन्दीपसहित, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मलिक, हार्दिक पाण्ड्या , थिसारा परेरा र लुक रोन्ची रहेका छन् ।

सन् २०१४ मा पूर्व प्रशिक्षक पुबुदु दशानायकेले सन्दीपको करियरलाई नयाँ मोड दिएका थिए । २०१६ मा भएको अन्डर नाइन्टिन विश्वकपमा कुल १६ विकेट लिँदै सनसनी मच्चाएका सन्दीपले लर्डसमा नै भएको एमसीसीविरुद्धको खेलमा नेपालबाट खेलेका थिए । उनले त्यस खेलमा एक विकेट लिएर २५ रन दिएका थिए । 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका सन्दीपलाई आइपीएल टिम दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

आईपीएलमा सन्दीपले विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोरविरुद्ध डेब्यू गरेका थिए । जसमा उनले चार ओभरमा २५ रन खर्चँदै एक विकेट लिएका थिए । आईपीएलको जारी सिजनमा एक मात्रै खेलमा बलिङ गरेका सन्दीपको प्रदर्शनको विश्व प्रख्यात क्रिकेटर तथा विश्लेषकहरुले प्रशंसा गरिरहेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया