MENU

समाज

​गएको महिना नेपालमा एक लाख पर्यटक भित्रिए, पछिल्लो ४ महिनामा झण्डै ४ लाख

काठमाडौं, जेठ २ – गएको महिना झण्डै १ लाख पर्यटक नेपाल आएका छन् । 

अप्रिलमा ९८ हजार ६ सय ५० पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्षको अप्रिलको तुलनामा ११ दशमलब ४ प्रतिशतले बढी हो ।  यस्तै सन् २०१८ जनवरी, फेव्रुअरी, मार्र्च र अप्रिल गरि ४ महिनामा ३ लाख ८६ हजार पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । 

यो संख्या सन् २०१७ को ४ महिनाको तुलनामा १३ प्रतिशतले बढी हो । नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतीय पर्यटक १३ प्रतिशतले बढेका छन् भने श्रीलंकाबाट आउने पर्यटकको संख्या २६ प्रतिशतले बढेको छ । तर बंगलादेशबाट आउने पर्यटक भने २६ प्रशितले घटेका छन् । यस्तै चीनबाट आउने पर्यटक सबैभन्दा धेरै झण्डै ५० प्रतिशतले बढेका छन् । 

हरेक वर्ष पर्यटक बढ्दै जाँदा पर्यटनसँग सम्बन्धित सरकारी र निजी क्षेत्र हौसिएका छन् । गएको वर्ष मात्रै नेपालमा अहिलेसम्मकै धेरै १० लाख पर्यटक नेपाल भित्रिएपछि सन् २०२० मा १५ लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुने संकेत पनि देखिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया