MENU

समाज

ujyaalo forign call inside

२२ औं पटक सगरमाथा चढ्दै कामी रिताको विश्व कीर्तिमान

काठमाडौं, जेठ २ – कामी रिता शेर्पाले २२ औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यो वर्षको आरोहण सुरु भएको चाैथो दिन शेर्पा बुधबार चुचुरोमा पुग्नुभएको हो । ७ वर्षअघि सन् २०११ आप्पा शेर्पाले २१ औं पटक शिखर आरोहण गर्नुभएको थियो । यस्तै फूर्वा रिता शेर्पाले २०१३ मा २१ औं पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

बुधबार २२ औं पटक शिखरमा पुगेर कीर्तिमान कायम गरेका कामी रिताले पोहोर सगरमाथाको आरोहण गरेर आप्पा र फूर्वाको बराबरी गर्नुभएको थियो । यस वर्षको वसन्त ऋतुमा कामी रितासहित ६० भन्दा बढी आरोहीले ८ हजार ८४८ मिटर अग्लो सगरमाथा हिमालको सफल आरोहण गरिसकेका वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मौसमी खराबीका कारण हिजो आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया