MENU

राजनीति

विमान दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

सुर्खेत, जेठ २ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार बिहान हुम्लामा भएको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

मुख्यमन्त्री शाहीले बुधबार शोक वक्तव्य मार्फत विमान दुर्घटनामा ज्यान गुमाएका चालक किरण भट्टराई र सह–चालक आदित्य नेपालीप्र्रित श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको उल्लेख गर्दै पछिल्लो समय भइरहेको हवाई दुर्घटनाहरु बढ्दै गएकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनिकरणको पहल गर्ने उहाँले प्रतिवद्धता पनि शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट हुम्मलाको लागि सिमकोट गएको मकालु एअरको नाइन एनएजेयू कलसाइर्ने बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका–२, बाहुनखर्कमा दुर्घटना भएको थियो । मृतकहरुको शव काठमाडौँ लगिएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया