MENU

खेल

ujyaalo forign call inside

​तेन्जिङ–हिलारी म्याराथनमा २ सय धावक सहभागी हुने

काठमाडौं, जेठ २ – यो वर्षको तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा २ सयभन्दा धेरै धावकको सहभागिता हुने भएको छ ।

१५ औं संस्करणमा ३० देशका २ सयभन्दा बढी धावक सहभागी हुने आयोजक हिमालय एक्सपिडिसन्सले जनाएको छ । काठमाडौंमा बुधबार भएको पत्रकार सम्मेलनमा म्याराथनका इभेन्ट म्यानेजर शिखर पाँडेले दिएको जानकारी अनुसार पूर्वमा जापानदेखि पश्चिममा पेरुसम्मका ३० देशका झन्डै १ सय ५० विदेशी धावक सहभागी हुने छन् । ५० जनाभन्दा धेरै नेपाली धावक पनि यो प्रतियोगितामा दौडिँदै छन् । 

मे २९ का दिन सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने म्याराथनमा ओलम्पिक स्तरको ४२.१९५ किलोमिटरको फुल म्याराथन, ६० किलोमिटरको अल्ट्रा म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन हुने छ । ओलम्पिक स्तरको फुल म्याराथनमा खुल्ला, महिला र विदेशी विधा हुनेछ । 

‘म्याराथन प्रत्येक वर्ष बिस्तार भैराखेको हामीले अनुभव गरेका छौं’, पाँडेले भन्नुभयो ‘१५ वर्षमा एभरेष्ट म्याराथन नेपालको मात्र नभई विश्वकै एक अग्रणी साहसिक खेलकुद गतिबिधिको रुपमा स्थापित भैसकेकोछ ।’

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार १ सय १९ विदेशी धावक फुल म्याराथनमा, ११ जना हाफ म्याराथनमा र ७ जना अल्ट्रा दौडमा सहभागी हुँदैछन । 
फुल म्याराथनको खुल्ला स्पर्धामा पहिलो हुनेले २ लाख रुपैयाँ, दोश्रो हुनले १ लाख रुपैयाँ र तेश्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै महिला स्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशक, एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । विदेशी स्पर्धामा उत्कृष्ट तीन खेलाडीले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

अल्ट्रा दौडका विजेताले क्रमश १ लाख, ७५ हजार र ५० हजार तथा हाफ म्याराथनका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

फुल म्याराथन र हाफ म्याराथन सगरमाथा आधार शिविरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ भने, हाफ म्याराथन दिङगबोचेबाट शुरु भइ नाम्चेबजारमा नै समापन हुनेछ ।

पत्रकार सम्मेलनमा एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडे काजीले २००३ मा अत्यन्त थोरै धावकहरु जम्मा पारेर शुरु गरिएको एभरेष्ट म्याराथन हाल विश्वकै एक उत्कृष्ट साहसिक खेलकुद गतिबिधिका रुपमा विकास हुनु मुलुकको सिंगो पर्यटन र खेलकुद क्षेत्रलाई सुखद समाचार भएको बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया