MENU

समाज

ujyaalo forign call inside

ट्रक पल्टिँदा एक जनाको मृत्यु, चार घाइते

धादिङ, जेठ ३ –  मलेखु धादिङबेसीमा पर्ने नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडुमोडमा बुधबार राति ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नम्बरको ट्रक सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गोकुल उपाध्यायको उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ ।

अन्य चार जना घइतेमध्ये २ जनाको काठमाडौंको ट्रमा सेन्टरमा र २ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया