MENU

राजनीति

ujyaalo forign call inside

ओलीसँगै बिरुवा रोपेपछि प्रचण्डले सोधे – यसले छहारी दिन्छ ?

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडाैं, जेठ ३ – पार्टी एकताको पूर्वसन्ध्यामा एमाले र माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, गृहमन्त्री एवं माओवादीका नेता रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ प्रकाश, एमाले नेता विष्णु पौडेल लगायतले बिरुवा रोपे ।

कपूर, समी, आँप, अम्बा लगायतका बिरुवा रोपिएको हो । तर प्रचण्डले रोपेको बिरुवाको नाम कसैले जानेनन । प्रचण्ड सोध्दै हुनुहुन्थ्यो, यो के को बिरुवा हो ? कोही बोलेनन् ।


 
एकजना भन्दैथिए – जापानको बिरुवा हो सर, नाम त थाहा छैन ।

प्रचण्डले फेरि सोध्नुभयो – यो कत्रो हुन्छ ? सहयोगीले जवाफ दिए– ठूलै हुन्छ सर । अनि प्रचण्डले फेरि सोध्नुभयो – यसले छहारी दिन्छ ? 

अनि सबै गलल हाँसे ।

अहिले पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ । दिउँसोे ४ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया