MENU

मनोरञ्जन

ujyaalo forign call inside

सलमानको ‘भारत’मा प्रियंकालाई टक्कर दिने यी अभिनेत्री

जेठ ३ – बलिउडमा टाइगर, सुल्तान अनि दबंगको छवी बनाइसकेका अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘रेस ३’ मा व्यस्त छन् । यही व्यस्तताकाबीच सलमानले अर्को फिल्म ‘भारत’ को छायांकनको काम पनि सुरु गरिसकेका छन् ।

यस चलचित्रमा अभिनेत्री प्रियंका चोपडा सलमानको जोडी हुनेछिन् । प्रियंकाका अलावा फिल्ममा दिशा पटानी पनि हुनेछिन् । यस अघिका खबर अनुसार फिल्म ‘भारत’ मा प्रियंका चोपडा र कटरिना केफलाई लिने कुरा थियो । यो फिल्ममा प्रियंकाका साथै अभिनेत्री दिशा पाटनी पनि हुनेछिन् । दिशा पटानी अभिनेता टाइगर श्राफकी प्रेमिका हुन् । टाइगर र दिशा अभिनित फिल्म ‘बागी २’ हिट भएको थियो ।

निर्देशक अलि अब्बास जफरको निर्देशनमा बन्ने ‘भारत’ मा सलमान खानको भूमिका एकदमै विशेष हुनेछ ।

फिल्ममा सलमानले १८ वर्षीय युवकदेखि एक ७० वर्षीय वृद्ध अवस्थासम्मको जीवनको यात्रालाई देखाइनेछ । ५२ वर्षीय सलमानलाई दर्शकले यो फिल्ममा १८ वर्षको युवाको रुपमा हेर्न पाउनेछन् । सलमानलाई कम उमेरको यूवाको रुपमा देखाउनका लागि एज रिडक्शन टेक्निकको प्रयोग गरिनेछ ।

यस अघि फिल्म ‘फ्यान’ मा शाहरुख खानलाई जवान देखाउनका लागि यस टेक्निकको प्रयोग गरिएको थियो । अलि अब्बास जफरको निर्देशनमा बन्ने यो फिल्म सन् २०१९ को इदमा प्रदर्शन हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया