MENU

समाज

ujyaalo forign call inside

​युएईमा ५ वर्षदेखि मुद्दा लडिरहेका झापाका लोकेश नेपाल फर्किए

उमाकान्त पाण्डे/उज्यालो । 

जेठ ३ – ब्लडमनी सम्बन्धी मुद्दाका कारण ५ वर्षसम्म युएईबाट नेपाल फर्कन नपाएका झापाका लोकेश खतिवडा नेपाल फर्कनु भएको छ । बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २ सय (झण्डै १ करोड रुपैयाँ) तिरेपछि मुद्दा टुंगिएर लोकेश बिहीबार नेपाल फर्किनुभएको हो । त्यसका लागि नेपाली दूतावास आबुधाबीको निरन्तर पहल गरेको थियो । 

मुद्दाको फैसला ४ महिना अघि भएपनि आबुधाबीको अल जाफ्रा इन्स्योरेन्स कम्पनीले रकम नतिरिदिँदा लोकेशको नेपाली फिर्ती प्रक्रिया अन्योलमा परेको थियो । कार्यवाहक राजदूतको जिम्मेवारी लिएर आउनु भएका सागारप्रसाद फुँयालले आबुधाबी उच्च अदालतका प्रधानन्याधिससँग भेटेर लोकेशको मुद्दाबारे पहल गर्नुभएको थियो । त्यसपछि लोकेशको नेपाल फर्कने प्रक्रिया शुरु भएको थियो । 

डेढ महिना पहिले बीमा कम्पनीले पैसा बुझाए पनि प्रशासनिक कामले गर्दा उहाँ बिहीबार मात्रै नेपाल फर्कन पाउनु भएको हो । दुई हप्ताअघि नेपाल फर्कन आबुधाबी विमानस्थल पुगेका लोकेशलाई अध्यागमनले ८७ हजार दिर्हाम (झण्डै २६ लाख रुपैयाँ) जरिवाना भएका कारण त्यो रकम नतिरेसम्म यात्रा अनुमति नपाउने भनेको थियो । 

त्यो पैसा दूतावासको पहलमा मिनाहा गराएर बिहीवार नेपाल पठाएको कार्यवाहक राजदूत फुँयालले बताउनुभयो । दूतावासका पिआरओ रजी अहमदले लोकेशलाई विमानस्थल सम्म छाडेको द्वितीय सचिव कृष्ण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । 

डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत लोकेश सन् २०१४ जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको थियो । मृतकका परिवारलाई तिर्नुपर्ने ब्लडमनी सम्बन्धी मुद्दा लागेर लोकेश समस्यामा पर्नुभएको थियो । 

दूतावासका पिआरओ रजी अहमदसहित ताप्लेजुङ समाजका घनेन्द्र खतिवडा सहित बिहानै विमानस्थल पुगेका लोकेशले बोर्डिङ पास हात पारेपछि भन्नुभयो, अब घरमा खबर गर्छु । युएईमा रहेको नेपाली दूतावास, सञ्चारमाध्यम तथा सामाजिक संघसंस्थाका कारण आफूले न्याय पाएको भन्दै लोकेशले समस्यामा परेका अरुले पनि न्याय पाउने आशा पलाएको बताउनुभयो । 

शारीरिक रुपमा अशक्त रहेका लोकेश, घर र्फकने खबर पाएपछि यहाँका केहीँ सामाजीक संस्थाले आर्थिक सहयोग समेत गरेका छन् । झापाली समाज, ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङखोल्याङ लगायतले उहाँलाई सहयोग गरेका थिए । 

याे पनि पढ्नुहाेस्

दूतावासको प्रयासले लोकेश नेपाल फर्किने पक्का, बीमाले बुझायो एक करोड ब्लडमनी

घाइते शरीर लिएर कति बस्ने युएई : लम्बियो मुद्दा, बल्झियो घाउ

एक करोड १५ लाख तिर्न खुट्टा राम्ररी नचल्ने नेपाली युवा युएईमा रातभर चौकिदारी गर्छन्

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया