MENU

राजनीति

ujyaalo forign call inside

कांग्रेसमा नेतृत्वको अभाव भयो : पूर्वराष्ट्रपति यादव

काठमाडाैं, जेठ ३ – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताउनु भएको छ ।

पूर्व राष्ट्रपति यादवले नागरिकसँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रीत हुन पनि नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिनुभयो ।

प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

कांग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिए पनि पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादवको भनाई छ ।

पूर्व राष्ट्रपति यादवले विपी कोइरालाजस्ता नेताहरुले जनतासँग स्थापित गरेको सम्बन्धलाई समेत कांग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया