MENU

खेल

ujyaalo forign call inside

​चेन्नईसँगको खेलमा सन्दीपले कति विकेट लेलान् ?

काठमाडौं, जेठ ३ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समय चर्चामा रहेका छन् । 

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन लिग खेल्ने भएकाले मात्रै चर्चामा आएका होइनन् । उनले मे ३१ मा इंग्ल्याण्डको लर्डसमा विश्व ११ को तर्फबाट वेष्ट इन्डिजविरुद्ध हुने खेलमा खेल्ने भएका छन् । 

पहिलो पटक आईपीएलमा अनुबन्धित भएर नेपाली क्रिकेटमा इतिहास कायम गरेका सन्दीपको प्रशंसा विश्व प्रख्यात क्रिकेटरले मात्रै होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गर्न भ्याए । नेपाल भ्रमणमा रहेका मोदीले  सन्दीप लामिछानेजस्तै अरु नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय रुपमा जोडिनु पर्ने बताएका थिए । 

मोदीले सन्दीपलाई सम्झिएकै यस्तो संयोग भयो कि दिल्ली डेयरडेभिल्सले टिम ११ मा समावेश गर्यो । अझ दिल्लीले सन्दीपलाई रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ओपनिङ बलरका रुपमा नै खेलायो । सन्दीपले आईंपीएलमा आफ्नो डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । उनको बलिङमा विश्वका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डिभिलियर्सलाई समेत रन बनाउन हम्मेहम्मे पर्यो । दिल्लीले आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई टिम ११ मा ठाउँ दिएको थियो । 

सन्दीपको उत्कृष्ट प्रदर्शनका कारण दिल्लीले चेन्नई सुपर किंग्सविरुद्ध पनि उतार्ने भएको छ । दिल्लीले सन्दीपले चेन्नईविरुद्धको खेल खेल्ने जनाउँदै  उनले  शुक्रबार कति विकेट लिन्छन् होला भनेर सोधेको छ ।

सन्दीपले कति विकेट लिन्छन् त्यो त भन्न गाह्रो छ । तर उनले महेन्द्रसिंह धोनी, सुरेश रैना, शेन वाट्सन, रवीन्द्र जडेजा, अम्बाती रायूडु, ड्वेन ब्राभोलगायतका विश्वकै उत्कृष्ट ब्याट्सम्यानलाई बलिङ भने गर्नेछन् । १२ खेलबाट ६ अ‌ंक मात्र बटुल्न सफल दिल्ली प्लेअफबाट बाहिरिइसकेकाे छ । अब उसले चेन्नई र मुम्बई इन्डियन्ससँग मात्र खेल्न बाँकी छ ।

आशा गरौँ शुक्रबारको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै सबैको मन जितून ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया