MENU

राजनीति

ujyaalo forign call inside

पार्टी एकता घोषणाअघि मदन - आश्रितलाई सम्झँदै ओली र प्रचण्ड (भिडियो)

काठमाडौं, जेठ ३ - दुई दलबीच एकताको घोषणाअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बिहीबार बिहान बल्खुमा जम्मा भए । मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा दुवै दलका नेता कार्यकर्ता जम्मा भएका हुन् । 

कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको स्मृति दिवसको विशेष अवसर पारेर दुई पार्टीबीच एकता गर्न लागिएको औपचारिक घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकता देशको भविष्यका लागि भएको बताउनु भयो । उहाँले २ पार्टीबीचको एकता नेपाललाई अझै उचाईमा पु¥याउन गरिएको दावी पनि गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन भण्डारीको स्मृति दिवसकै अवसर पारेर आफूले पार्टी एकता गर्ने प्रस्ताव गरेको पनि बताउनु भयो । उहाँले भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनको विशिष्ट नेता भएको उल्लेख गर्दै उहाँको अवसनको दिन पारेर आफूले पार्टी एकताको घोषणा गर्ने प्रस्ताव राख्न पाएकोमा गर्वानुभूति भएको पनि बताउनु भयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया