MENU

समाज

ujyaalo forign call inside

अाेमानमा यी कामलाई घरेलु काम नठानिने

रीतु थेबे/उज्यालो । 

काठमाडौं, जेठ ३ – ओमानमा यसअघि घरेलु कामका रुपमा हेरिएका केही कामलाई सरकारले घरेलु काम नमान्ने भएको छ । 

मंगलबारको मन्त्रीस्तरीय निर्णय अनुसार ओमानको सरकारी कार्यालयहरु रोयल कोर्ट अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट म्युनिसिपालिटीमा काम गर्न जानेहरु यसअघि घरेलु कामका रुपमा छुट्याइएको काममा जान पाउनेछन् ।

ती कार्यालयमा काम गर्न जाने गार्डेनर, ड्राइभर, हेल्पर, बारटेण्डर र एग्रिकल्चर वर्कर पदलाई घरेलु काम सरह नहेरिने भएको हो । 

यो निर्णयबाट ती संस्थामा काम गर्ने नेपालीलाई सहयोग पुग्ने मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । तर ती कार्यालय भन्दा अन्यत्र यो निर्णय लागु हुने छैन ।

दूतावासले सिफारिस गरेर पठाएको आधारमा ती कामलाई घरेलु काम नमान्ने निर्णय गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले जानकारी दिनुभयो । सरकारको यो निर्णयसँगै तोकिएका कार्यालयमा महिला कामदार समेत जान पाउने भएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया