MENU

राजनीति

ujyaalo forign call inside

​पार्टी एकताअघि ६ घण्टाका ५ घटनाक्रम

काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र विधिवत रुपमा विघटित भएका छन् । 

बालुवाटारमा बसेको एमालेको केन्द्रीय समिति तथा खुमलटारमा बसेको माओवादीको सचिवालय बैठकले क्रमशः दुवै पार्टीको विघटन गरेका हुन् । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले बालुवाटारमा सामूहिक सपथ लिएका छन् । त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई सपथ गराउनुभएको थियो । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय गरेको छ ।

त्यस्तै अहिले केही बेरमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पुग्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगमा दर्ता गरिसकेपछि राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरिँदैछ । बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको अन्तिम बैठकले पार्टी एकता गर्ने दुई दलका शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गरेको हो । आजै घोषणा हुने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ । अब गठन हुने नयाँ पार्टीको पहिलो बैठक आज साँझै बस्ने भएको छ ।

यसैबीच एकीकृत पार्टीको शक्तिशाली र हेडक्वार्टर मानिने सचिवालय सदस्यमा एमालेबाट अध्यक्षसहित ५ र माओवादीबाट अध्यक्ष सहित ४ जना रहनेछन् । पार्टी एकतापछि ९ सदस्यीय सचिवालय बनाउने सहमति भएको पार्टी एकता संयोजन समितिका सदस्य समेत रहनुभएका एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । 

वरियताक्रम अनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनुहुनेछ । पौडेललाई महासचिव तथा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी छ । 

पार्टीको केन्द्रीय कार्य समिति ४ सय ४१ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एमालेका २ सय ४१ जना र माओवादीका २ सय जना नेता रहनेछन् । त्यस्तै एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीको स्थायी कमिटीमा दुई जना थपिने भएको छ । ४३ जना रहने गरी टुंग्याएको स्थायी कमिटीमा दुई जना थप गरिएको हो । अब एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुने भएको छ ।

एकता घोषणाअघि के–के भयो ?

  • बिहान एकता संयोजन समितिको अन्तिम बैठक 
  • लगत्तै एमाले केन्द्रीय समितिको बैठक 
  • माओवादी सचिवालय बैठक 
  • बालुवाटारमा दुई पार्टीको संयुक्त बैठक
  • बालुवाटारमै सामूहिक सपथ ।
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया