MENU

खेल

ujyaalo forign call inside

एनएसजेएफ स्पोर्टस अवार्ड : पारस खड्का उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं, जेठ ३ – एनएसजेएफ स्पोर्टस अवार्ड २०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडी को उपाधि क्रिकेटका कप्तान पारस खड्काले हात पारे । 

नेपाली क्रिकेटलाई सफलताको उचाईमा पुर्‍याउन सफल तथा पछिल्लो पटक ऐतिहासिक एक दिवसीय मान्यता दिलाएका कप्तान पारसले व्यक्तिगत रुपमा पनि २०७४ सालमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले विश्वकप छनाटमा दुई सय ३१ रन बनाएका थिए भने डिभिजन २ मा १ शतक र १ अर्धशतक सहित २ सय ४१ रन बनाएका थिए ।
खड्काले ब्याडमिन्टनका दिपेश धामी, क्रिकेटकै सन्दीप लामिछान,े जुडोका इन्द्रबहादुर श्रेष्ठ तथा गल्फका टङकबहादुर कार्कीलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

उत्कृष्ट प्रशिक्षक टमाटा

एनएसजेएफको उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले जितेका छन् । 

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका जगतबाहेक क्रिकटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई परेका थिए । जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठाँै स्थानमा रहेको थियो । यस्तै विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो ।

उत्कृष्ट युवा खेलाडी सन्दीप लामिछाने

वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि युवा क्रिकेटर सन्दीप लामिछानेको पोल्टामा परेको छ ।

लामिछानले नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो उपाधिको होडमा  लामिछानेसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल पनि थिए । सन्दीपले आइपीएलको आफ्नो पहिलो खेलमा उत्कृष्ट इकोनोमी सहित शानदार बलिङ गरेका थिए । उनी वेष्ट ईन्डिज विरुद्ध खेल्ने आइसिसीको विश्व ११ टोलीमासमेत परेका छन् ।

उत्कृष्ट  पारा एथ्लिट हिमाल लम्साल

पारा एथ्लिटतर्फ ह्विलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साल उत्कृष्ट बन्दै अवार्ड प्राप्त गरे  ।

स्पेशल अवार्ड करन केसीलाई

नेपाललाई डिभिजन टु बाट विश्वकप छनौटमा पुर्याउँदा दमदार प्रदर्शन गरेका नेपाली क्रिकेटर करण केसीलाई स्पेसल अवार्डबाट सम्मानित गरिएको छ  । उनले नामिवियामा भएको डिभिजन टु को खेलमा क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए ।

शोभा गौचन उत्कृष्ट महिला खेलाडी

एनएसजेएफ स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको उपाधि ब्याडमिन्टनकी शोभा गौचन ले जितेकी छिन् । यो उपाधि होडमा गौचनसहित बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ पनि थिए ।

पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलाई

टेबलटेनिसमा नेपाल नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन् । यो उपाधि होडमा रहेका क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया