MENU

राजनीति

ujyaalo forign call inside

पार्टी एकताको कुरा ६ महिना अगाडि धेरैलाई ठट्टा लागेको थियो : ओली

काठमाडौं, जेठ ३ – प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताउनुभएकाे छ ।

राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै उहाँले पहिले मिलिजुली सरकार भए पनि अब एउटै पार्टीको सरकार भएको बताउनुभयो । 

त्यस्तै प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफूहरुले तीन चौथाइ मत ल्याउने पनि दावी गर्नुभयो । उहाँले पार्टी एकतालाई पनि ठट्टामा उडाउनेहरुले यसलाई पनि ठट्टामा उडाउने बताउनुभयो । उहाँले पार्टी एकता हुन्छ भन्ने कुरामै धेरैले आशंका गरेको बताउनुभयो, ‘६ महिना अगाडि धेरैलाई  के–के ठट्टा लागेको थियो ?’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया